विश्वभर हरेक ९६ औं व्यक्ति घरबारविहीन छ । कारण युद्ध, दमन, शोषण, प्राकृतिक विपत्ति अनि राजनीतिक किचलो । २१ औं शताब्दीको अन्तिममा आइपुग्दा सिरियामा मात्रै १।१ करोड मानिस घरबारविहीन छन् । जुन त्यहाँको जनसङ्ख्याको ४५ प्रतिशत हो । १ करोड जनताको हालका लागि कुनै देश आफ्नो छैन ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सी कमिश्नर फिलीपो ग्रान्डीका अनुसार विश्वमा कोरोनाको महामारीका कारण भएको लकडाउनको बाबजुद २०१९ को तुलनामा २०२० मा ३० लाख मानिसहरू विस्थापित भए ।

आज विश्व शरणार्थी दिवस हो । संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वभरि शरणार्थीहरूका लागि कार्यक्रम सञ्चालन भइरहेका छन्। तर कोरोनाको महामारी कायमै भएकाले यस्तो कार्यक्रम नेपालमा भने रोकिएको छ ।

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय ९यूएनएचआरसी० को तथ्याङ्क अनुसार हिंसा, युद्ध, आतंकवाद प्राकृतिक आपत् तथा अन्य कारणहरूले गर्दा विश्वमा प्रत्येक मिनेट औसत २० व्यक्ति आफ्नो घर छाडेर सुरक्षित बासको लागी भौँतारिन्छन् । हाल दुनियाँभर आठ करोड भन्दा बढी मानिसहरू बिना मुलुक बिना स्थायी ठेगाना, बिना पहिचान बाँचिरहेका छन् । उनीहरू जुन देशमा भए पनि नामको पछाडि झुन्डिएको हुन्छ शरणार्थी ।

यूएनएचआरसीले नेपालमा पनि ४० हजार भन्दा बढी शरणार्थी भएको आँकडा निकालेको छ । जसमध्ये म्यानमार, अफगानिस्तान, श्रीलंका, सोमालिया, इरान, इराक, कंगो, बङ्गलादेश जस्ता देशका नागरिक छन् । विश्वभर नै शरणार्थीको आधा हिस्सा युवाको रहेको छ । विश्वभरका शरणार्थी शिविरमा बस्ने युवा तथा बालबालिका स्थायी आवास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत सुविधाहरूबाट वञ्चित छन् ।

कोरोना महामारीको दौडानमा यो समस्या अझ बल्झिएको छ ।

यस्तो छ घरबारविहीन व्यक्तिको अवस्था

  • विश्वमा ८.२४ करोड मानिसहरू घरबारविहीन छन् ।
  • ४.५७ आन्तरिक नै विस्थापित छन् ।

४२ लाख मानिसहरू अन्य देशमा आफ्नो घर खोजिरहेका छन्

सिरिया : १९६२ मा उत्तर पूर्वका धेरै कुर्दहरूको नागरिकता खारेज गरिएको थियो । सिरियामा पहिले अनुमानित तीन लाख राज्यविहीन कुर्दहरू थिए । हाल पनि युद्धका कारण त्यहाँका ११ करोड मानिस विस्थापित छन् । जसमध्ये ६७ लाख हाराहारीका मानिसहरू अन्य देश भागिसके ।

अफगानी शरणार्थी : २००१ मा अमेरिकामा भएको आक्रमण पछि आन्तरिक युद्धले उनीहरूलाई घरबारविहीन बनाएको थियो ।

रोहिंग्या … विश्वको सबैभन्दा ठुलो शरणार्थी संकट

रोहिंग्या म्यानमारको राखिन र बंगलादेशको चटगाउँ इलाकामा थिए । तर २०१४ को जनगणनामा दश लाख रोहिंग्या बाहिर भए । भने २०१७ को भएको हिंसामा यिनीहरूलाई भाग्नु परेको थियो । जसमा हजारौं रोहिंग्या विश्वभर विचलित भए ।

बङ्गलादेश : बंगलादेशको कोक्स बजारमा ७ लाख भन्दा बढी रोहिंग्या रहेका छन् । जो २०१७ मा उनीहरूमाथि भएको हिंसा भागेर आएका थिए । बंगलादेशको भसन चार टापुमा एक लाख शरणार्थी बसोबास गरिरहेका छन्।

भारत : भारत सरकारले पनि त्यहाँ १४ हजार बढी रोहिंग्या रहेको बताएको छ ।

भुटानी शरणार्थी
नेपालमा  भुटानी शरणार्थी तस्विर : बिबिसी
नेपालमा ११ मुलुकका शरणार्थी « News of Nepal
भुटानी र तिब्बती शरणार्थी