ससाना समुदाय या समुहमा बस्ने मान्छे अब भौगोलिक रेखाभित्रका देश अनि सिमाभित्र बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक ।

तर केही यस्ता मान्छेहरु पनि हुन्छन् जसको देश त हुन्छ तर उनीहरु त्यस देशका नागरीक भएर बस्न पाँउदैनन्, यावत कारणले । यस्ता मान्छेहरु जब अर्कै कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब तिनीहरुलाई शरणार्थी भनिन्छ ।

शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५२ बर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्‍ला हृदयहरुको आवश्यकता छ ।

थोरै खानेकुराका पोका, महिला, लालावाला अनि केही गुटिगुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरुबाट शरणार्थीका लावालस्कर निस्केका छन् । मध्यपूर्वी एसियाका देशहरु लगायत यसपाला सर्वाधिक चर्चामा रोनिगिया मुसलमानहरु अनि तिनको बंगलादेशको शरण रहेको छ । शरणार्थी चाहे जुनैसुकै देशको हुन तर तिनीहरुले जति गरिबी, भोकमारी, दुख्ख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरु शायदै अरुले खसाउलान ।

नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिव्वती त कहिले भुटानी शरणार्थीलाई आफ्नो बास साटासाट गरेको छ, देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो । उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन ।

तिनै मध्ये विश्व भरका शरणार्थीको अबस्था तस्बिरमा :

people walking on street during daytime
एथेन्सको बाहिरी क्षेत्रमा सिरियन शरणार्थी शिविर। २०११ देखी साढै ६ लाख भन्दा बढी सिरियनहरू आफ्नो घर छोडेर भाग्न बाध्य छन् ।
group of children standing on grass field during daytime
हिमाचल प्रदेश बेस शिविर (भारत)मा रहेका शरणार्थी बालबालिका
man in black jacket walking on street during daytime
सिरियन शरणार्थी शिविर।
white tent on brown field during daytime
सिर्जर (शिंगल) मा शरणार्थी शिविर।
woman carrying child near door
बाली, इन्डोनेशियामा रहेका शरणार्थी परिवार ।
boy showing hand with rubber
white and gray camper trailer on green grass field under gray cloudy sky during daytime
एथेन्सको बाहिरी क्षेत्रमा सिरियन शरणार्थी शिविर।
person holding red string with beige textile on lap

तिब्बती शरणार्थी केन्द्र
gray concrete wall beside grass
फ्रान्समा एक उजाड शरणार्थी शिविर

त्यस्तै सामाजिक संजालमा विश्व शरणार्थी दिवसका अवसरमा विश्वभरबाट पोस्ट्याइएका विचारहरु :