काठमाडौं । स्पेनिश डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’मा अनुबन्धित भएका छन् ।

गत महिना रियल मड्रिडसँग सम्झौता अन्त्य भएसँगै ‘फ्रि-एजेन्ट’ बनेका रामोसले पीएसजीसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। ३५ वर्षीय रामोसले पीएसजीसँग सम्झौता गरेको जानकारी क्लबले बिहीवार औपचारिक रूपमा सार्वजनिक गरेको हो। १६ वर्ष रियल मड्रिडमा बिताएका रामोसले पीएसजीमा पनि ४ नम्बर जर्सी लगाएर खेल्नेछन्।

“रामोस एक परिपक्व फुटबलर हुन्”, पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले भने। “विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्येका एक रामोसलाई क्लबमा स्वागत गर्न पाउँदा हामी एकदमै खुशी छौं”, उनले थपे।