काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमा ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, आज कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । बुधबार २८ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार २८६ जना निको भएका छन् । बुधबार एक हजार ३३३ जना निको भएका थिए ।