काठमाडौं । युरोकपको सेमीफाइनलमा डेनमार्कका गोलकीपर कास्पर शमाइकलको अनुहारमा लेजर प्रकाश फ्याँक्ने एक व्यक्तिमाथि प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ ।

ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि कास्परको अनुहारमा प्रकाश फ्याँकिएको थियो । यूईएफएले फौजदारी कसूर गरिएको हो कि हैन प्रमाण जुटाउन खोजेको छ ।

उक्त खेलमा युरोपीयन स्पोर्ट्स ग्रुपले तीनवटा अनुशासनात्मक कारवाही गरेको छ । उसले खेलका विभिन्न परिस्थितिको पनि अनुसन्धान गरिरहेको छ र कास्परलाई पनि घटनाको बारेमा सोध्नेछ । त्यसबाहेक वेम्ब्ली स्टेडियमको क्षेत्राधिकार रहेको मेट्रोपोलिटन प्रहरीले फौजदारी अपराधको अनुसन्धान गर्नेछ ।

अहिले यूईएफएले मात्र घटनाको अनुसन्धान गरिरहेको भए पनि कुनै कसूर फेला परेमा अधिकारीहरूलाई सूचना दिनेछन् । प्रमाणलाई मूल्यांकन गरिनेछ र प्रहरीले आफ्नै अनुसन्धान थाल्ने कि नथाल्ने भनी निर्णय लिनेछ । स्टेडियमका सुरक्षा अधिकारीहरूले सीसीटीभी क्यामरा हेरेर अपराधीको पहिचान गर्नेछन् ।

इंग्ल्यान्डले डेनमार्कविरुद्धको खेलमा झेल्ली गरेर जितेको दाबी भइरहँदा यी अनुसन्धानहरू गरिएका हुन् ।