काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो ।

जसमध्ये पीसीआरबाट १ हजार ४ सय ३९ जना र एन्टिजेन विधिबाट ७६० जना गरी २ हजार २ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । बिहीबार कोरोनाबाट २९ जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत हो ।