बिबिसी । बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इङ्ल्याण्ड फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इङ्ग्ल्याण्डले इटालीको सामना गर्दैछ । महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन् ।

एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस रिमेट ट्रफी दिएको दृश्य आफूले अहिले सम्झिरहेको समेत उल्लेख गरेकी छिन् । पछिल्लो पटक सन् १९६६ मा इङ्ग्ल्याण्डले विश्वकप जितेको थियो । महारानी एलिजाबेथले नै विजयी टोलीलाई ट्रफी हस्तान्तरण गरेकी थिइन् । त्यसयता इङ्ग्ल्याण्डले कुनै ठूलो उपाधि जितेको छैन ।

यस्तै, बेलायती प्रधानमन्त्री बोसिस जोनसनले पनि फुटबल टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।