काठमाडौं । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको १५ लाख डोज खोप काठमाडौं आईपुगेको छ ।

अमेरिकाले कोभ्याक्समार्फत् नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप सोमबार बिहान काठमाडौं आईपुगेको हो ।

दोहाबाट नियमित उडानका रुपमा आएको कतार एयरवेजको विमानमा सो खोप नेपाल ल्याइएको हो । विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरी अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।