काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ । यस्तै, १ हजार १३३ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ जनाको पीसीआर र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण भएको छ ।