काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंमा ४१० जना र उपत्यका बाहिर झापामा १४८ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १११, र कास्कीमा १४६ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ९७, भक्तपुरमा ८०, नुवकोट ६०, चितवनमा ५३ र मोरङमा ६० जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९ हजार ४१२ पुगेको छ । आज २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म देशभर होम आइसोलेसनमा २३ हजार ४३९, संस्थागत आइसोलेसनमा २ हजार ७२२, आईसीयूमा ५८६ र भेन्टिलेटरमा १८२ जना रहेका छन् ।

नेपालमा कोभिड आजसम्म कोभिड संक्रकमितको जम्मा संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ भने संक्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।