काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । निषेधज्ञाबारे थप छलफल गर्न बैठक अपरान्ह ५ बजे बस्ने बताइएको छ । स्रोतका अनुसार लामो दूरीका बस संचालनबारे छलफल हुनेछ ।

स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा संचालनबारे प्रजिअहरुबीच छलफल भइरहेको छ ।

काठमाडौं उपत्यकाको हकमा भने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणाली हटिसकेको छ। काठमाडौं उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञा आज सकिदैछ ।