काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ ।

लामो दूरीका सार्वजनिक सवारीमा जोर–बिजोर प्रर्णाली लागु गरी निषेधाज्ञा थप गरिने प्रशासनका अधिकारीको भनाइ छ । आज बस्ने बैठकले सार्वजनिक सवारी चल्नेबारे निर्णय लिने जनाइएको छ । निषेधाज्ञा थप्नेबारे आज अपराह्न ४ बजेपछि तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी बैठक बस्दै छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । क्रमशः खुकुलो गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।