काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय भएको छैन । अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र छिर्न दिइनेछ ।

त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ । साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ ।