हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) मिर्गौलामा समस्या देखिए पछि अस्पताल भर्ना भएकी छिन् । दुवै मिर्गौलामा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा डंगोलको उपचार भइरहेको छ ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । विभिन्न फिल्म र टेलिसिरियलमा अभिनय गरिसकेकी डंगोलले टेलिसिरियल ‘दृष्टी’ पनि निर्माण गरेकी थिइन् ।

डंगोलको मिर्गौला प्रत्यारोपन गर्नुपर्ने भएको तर उनको आर्थिक अवस्था कमजोर रहेकोले सहयोगका लागि आह्वान गरिएको छ ।