काठमाडौं । आज देशभर २ हजार ४४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ११ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार नौ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८०१ जनामा कोरोना देखिएको थियो ।

त्यस्तै, आज कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ। आइतबार २३ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २५८ जना निको भएका छन् । आइतबार एक हजार ६६७ जना निको भएका थिए । अझै पनि २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन् ।