काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य फेरि ४ सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।