काठमाडौं । अहिले देशभरका ५८ वटा जिल्लामा मात्र निषेधाज्ञा रहेको छ । कोरोना संक्रमण दर घटेको भन्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञा हटाउनेदेखि खुकुलो बनाउने क्रम जारी छ ।

खोटाङ र मनाङ जिल्लामा भने दोस्रो लहरको कोरोना संक्रमणको समयमा निषेधाज्ञा भएन । बाँकी जिल्लामा लगाइएको निषेधाज्ञा क्रमश: हटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। काठमाडौं उपत्यकाभित्र भने वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ । पछिल्लो समयमा साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

देशभर संक्रमण उच्च रहँदा ७५ वटा जिल्लामा निषेधाज्ञा लागू भएको थियो । सरकारले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्ने जिम्मेवारी दिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सम्बन्धि निर्णय गर्दै आएका छन् ।