काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उनीहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको बताइएको छ । उनीहरुबीच सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायतका विषयमा पनि छलफल भएको छ ।

यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गरेका थिए ।