काठमाडौं । सरकारले बकर इदको अवसरमा भोलि (साउन ६ गते) सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धमर्मावलम्बीहरुले मनाउने बकर इद (इद उल अजहा)को अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि गृहमन्त्रालये सूचना जारी गरी नेपाल भरका सबै सरकारी कार्यालय, विदेशस्थित निकायहरु, नियोगसहितमा सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ ।