काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदीय दलको विधान पारित गरेकाे छ । बैठकले संसदीय दलको नेता अर्काे बैठकबाट चयन गर्ने निर्णय पनि गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको छ ।

पार्टीका ज्येष्ठ सांसद महेन्द्रराय यादवको अध्यक्षमा बसेको बैठकमा आएका सुझाव विधानमा समेट्ने जिम्मेवारी रामसहायप्रसाद यादव र मोहम्मद इस्तियाक राईले पाएका छन् ।