काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलवार) नेप्से परिसुचक ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको दोस्रो दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको कारोबारमा ३ करोड ७५ लाख १ हजार ३५४ कित्ता शेयरको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ बराबरको कारोबार गरेका थिए ।