एजेन्सी । चीनको हनान प्रान्तमा रहेको चङ्चो शहरमा मुसलधारे पानी परेपछि बाढी पसेको छ ।

बाढी अन्डरग्राउन्ड मेट्रो स्टेसनमा फसेकी एक महिलालाई डोरीले तानेर उद्धार गरिएको छ । धेरैजना मानिसले एकापट्टि डोरीले तानेर ती महिलालाई सुरक्षित रूपमा बाहिर निकालेको रोमाञ्चक दृश्य भिडियोमा कैद भएको छ ।

चङ्चोमा बाढीका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।