अर्बपति जेफ बेजोसले अन्तरिक्षको छोटो यात्रा गरेका छन् । उनले आफ्ना कम्पनी ब्लू ओरिजनले निर्माण गरेको न्यू शेफर्ड यान मार्फत अरु तीनजनासहित अन्तरिक्षको यात्रा गरेका हुन् ।

रेकट सिप न्यू शेफर्ड मार्फत अन्तरिक्षको यात्रा गर्नेमा बेजोससँगै उनका भाइ मार्क बेजोस, अन्तरिक्ष यात्राकी पायोनियर मध्येकी एक ८२ वर्षीया वाली फङ्क र १८ वर्षका विद्यार्थी ओलिभर डेयमन रहेका छन् । उनीहरु सवार क्याप्सुलमा ठूलो झ्याल थियो, जसबाट पृथ्वीलाई नियाल्न मिल्ने बनाइएको थियो । १० मिनेट १० सेकेण्डको उडानपछि सो क्याप्सुल पुनः पृथ्वीमा अवतरण गरेको हो ।

ब्लू ओरिजिनले अन्तरिक्ष पर्यटनका लागि विकास गरेको यान हो न्यू शेफर्ट । अमेजनका संस्थापक बेसोजले अन्तरिक्षको अनावश्यक दौडमा ठूलो रकम खर्च गरेको भन्दै आलोचना भएको छ । सो रकम आफ्ना कर्मचारीको सेवा वृद्धि तथा जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि खर्च गरेको भए उपयुक्त हुने आलोचकहरुको भनाइ छ ।

तर बेजोसले भने आफूसँग वातावरणमैत्री योजना रहेको र ठूलो उद्योगहरुलाई अन्ततः अन्तरिक्षमा स्थानान्तरण गरि पृथ्वीलाई सुन्दर बनाइ राख्न सकिने बताएका छन् ।