काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने ९५ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यो सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । मंगलबार एक हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार भने एक हजार २ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।