काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध बगाएकोलाई व्यङ्ग्य गर्दै भट्टराईले ट्वीट गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिं बिर्सिनुभयो ? कृपया आगोसँग नखेल्नुहोस् प्रिय सहपाठी बाबुराम र आस्थालाई धर्मसँग तुलना गर्नुहोस् ।’