काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् ।

“प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियु्क्त गर्न आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको पूर्वसरकारले नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । उनको आजै राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो ।