
स्वाभिमानकाे शिर ठाडाे हुन नपाउने याे कस्ताे मेराे देश ?
बिर्सि आफ्नाे देश, धर्म, संस्कृतिक आदि भित्र्याउँछन विदेशी नग्न आकृतिका भेष ।।
अभिमानले राज गर्छन सदावहार
यहाँ,सत्ता, कुर्सि,प्रतिष्ठाकाे माेहमा लीन राष्ट्रियता बेच्तछन यिनैले अरुकाे अधीनमा अनि गुनगुनाउँछन गरिब दरिद्रका दिन।।
हुन्छ भन्छन छाेड्दैनन स्वभाव आफ्नाे
अनि काँचुलीबाट सर्प छुटे झैँ छुट्छन फाेहाेरकाे डङगुरमा
भाेजन छ जसकाे दिन्छन माना मुठ्ठी बाँकी भान मै लुट्छन।।
जिताइ चुनाव खुशी भई हानिए
महँगाे शहर फर्केर फेरि न गाऊँमा आए
दिई व्यर्थै झुटा आश्वासनका कबुल श्रमिकका राेदन सुन्न न आफ्नै ठाउँमा आए
कतै बेचे त कतै लुटाए यिनैले
मेराे देश अझैँ लुटाउन दिँदैछन गठबन्धनले असार बनायाे याे देश घचेटेर तारे भिरमा अझैँ गुल्टाउन लिदैछन।।
तिम्राे खाेलकाे ढाेलक बजाउनु छ
फुक्नु छ बिगुल बहिराहरु ब्युझाउँन,
अन्धाहरुलाइ दृष्टि दान गर्नु छ यहाँ, सृष्टिकाे सुनाैलाे विहानी ल्याउँन।।


प्रतिक्रिया दिनुहोस्