बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग  ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको  जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि थप विवरण भोलिमात्र आउने उनले बताए ।विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बस्नेतको भनाई छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।