नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु  हुन  दुई  साता  अघिसम्म  तीन  हजार  ५१०  जना  महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
 पार्टीको केन्द्रीय निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता  जगन्नाथ  श्रेष्ठले  १६५  निर्वाचन  क्षेत्रमध्ये  हालसम्म  १३५  वटा  निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।
काँग्रेसको  विधानअनुसार,  हरेक  निर्वाचन  क्षेत्रबाट  क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब  ३०  वटा  निर्वाचन  क्षेत्रबाट  महाधिवेशन  प्रतिनिधि  चयन हुन बाँकी रहेको जानकारी दिए । गोरखापत्रमा समाचार छापिएको छ ।