काठमाडौं । नेपाल धितोपत्र बोर्डककाे अध्यक्षको लागि पुनः आवेदन खुल्ने भएको छ । अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने नयाँ समिति गठन गर्ने र सो समितिले पुनः आवेदन माग्ने भएकाे हाे ।अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थमन्त्रालयले बनाएको छ । धितोपत्र बोर्ड ऐनमा अध्यक्ष छनोट गर्नको लागि राष्ट्रिय योजना आयोगको पूँजी बजार हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गर्ने भनेकाे छ ।