काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट  ‘ओमिक्रोन’ भेटिएको छ । दिल्लीमा आइतबार एकजनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका छन् । अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो ।

स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो । जसमध्ये एकजनामा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो ।