
काठमाडौं । साताको पहिलो दिन आज (आइतवार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए news@gnnnepal.com मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्