काठमाडौं । आज (मंगलबार) सेयर बजार खुलेकाे दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ । अब बजार ४० मिनेट स्थगित हुनेछ ।

मंगलबार बजार १२ बजेर ३८ मिनेट जाँदा ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेर २३९५.९३ विन्दुमा पुगेकाे हाे ।