काठमाडौं । भोली धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको हो ।

मन्त्रीपरिषद्को पौष १ गते, बिहीबार बसेको बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।