काठमाडौं । नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।

बैंकका अनुसार प्रारम्भिक छनोट चरणमा चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेसन, मिनिका पोलस्का एस.ए पोल्याड, मिनकोभिना किमिनिका स्टेन्नी पोड्निक स्लोभाकिया, मिन्ट आफ फिनल्यान्ड, रियल कासा डी ला मोनिडा स्पेन, रोयल क्यानडियन मिन्ट क्यानडा, रोयल डुट्थ मिन्ट द नेदरल्यान्ड, सेकुरिटी प्रिन्टिङ एण्ड मिन्टिनिङ्ग कर्पोरेसन आफ इन्डिया लिमिटेड र द रोयल मिन्ट लिमिटेड युनाइटेड किङ्डम छनोटमा परेका छन् ।

अब यी कम्पनीहरुबाट बैंकले अन्तिम नामावली छनोट गर्नेछ ।