
काठमाडौं । केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।
बिहीबार तोलामा ७ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटबढ भएको छैन । हिजो जस्तै आज चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए news@gnnnepal.com मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्