काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि तयार गरेको प्रतिवेदन पेश गरेका थिए । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष प्रचण्डले प्रतिवेदनको संक्षिप्तरूप वाचन गरेर बैठकमा पेश गरेका थिए ।

माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको छ ।