काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन् ।

संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ ।