
काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको बैठक सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई वोर्डको अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।
शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए news@gnnnepal.com मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्