सरकारले खरिद गरेको थप २३ लाख ४० हजार मोर्डना खोप आइपुगेको छ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गरेको हो । ४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्नेछ ।

नेपालमा हाल कोरोना विरुद्ध कोभिसिल्ड,भेरोसेल,एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ ।