नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।