हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महनशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको विभागले जनाएको छ ।त्यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा अपह्रान्नपछि आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश १, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।