नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालका कारण तेश्रो विश्व युद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व मन्त्री रायमाझीले विश्व राजनीति नै तरंगित भैरहेको समयमा नेपालले आफ्नो सन्तुलित भूमिका निभाउन नसके तेश्रो विश्व युुद्ध निम्तिने चेतावनी दिएका हुन् ।

उनले भने,‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ । हामी कुनै देशतर्फ ढल्कनुहुँदैन् । घोषित नीतिभन्दा बाहिर जानुहुँदैन् ।

हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ ।’, एमाले सचिव रायमाझीले भने ।
नेपालले सन्तुलित भूमिका निभाउन सकेको खण्डमा त्यस्तो युद्ध टार्न सकिने सम्भावना रहेको पनि उनले बताए ।