काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य कुन्ती पोखे्रलले काठमाडौं महानगरपालिकाभित्र रहेका चारवटा मन्त्रालय क्षेत्र नं २ मा सार्नुपर्ने विचार व्यक्त गरेकी छिन् । काठमाडौंैमा सवारी साधनको अत्याधिक चापलाई नियन्त्रण गर्नका लागि र अन्य क्षेत्रमा विकासको नयाँ रुपरेखा कोर्नका लागि काठमाडौंभित्र रहेका मन्त्रालयलाई क्षेत्र नं २ मा सानुपर्ने र त्यसका लागि आफूलाई यस क्षेत्रका जनताले जिताएमा पहल गर्ने उल्लेख गरिन् ।


यसैगरी उनले नेपालको सघीय सरकार मातहत रहने गरी हालसम्म विनियोजन गरिएको बजेटमा कहाँ के कति खर्च भयो कहाँ कति भ्रष्टाचार भयो सो को सार्वजनिक गरी भ्रष्टाचारीलाइ कानुनी कठघरामा उभ्याउने बताइन् । उनले भनिन्, ‘मलाइ एकपटक भोट दिनुस् म संसदमा गएर यसबारेमा सशक्त आवाज उठाउने छु र भ्रष्टाहरुको एक एक फायल खोलेर आम जनताहरु माझ ल्याउने छु ।

उनले तयार पारेको भ्रष्टाचार तथा मन्त्रालय सार्ने विषयमा गरिएको एक विश्लेषणत्मक सामग्रि तल प्रस्तुत गरिएको छ । यतिबेला मुलुकआम निर्वाचनको माहोलमा छ । अबको केही दिन भित्रमा को कसले बाजी मार्ने हुन् त्यसको पैmसला गर्ने दिन नजिकिँदो छ । यतिबेला नेपालको राजनीतिमा भोट हाल्ने पहिलाकोभन्दा फरक तरिका आममतदातामाझ विकास भएको छ । पछिल्लो समय मतादाताले उम्मेदवारको योग्यता, क्षमता, सामाजिक योगदान तथा उनीहरुले उठाएका एजेन्डाहरुको कारणले चुनाव जित्ने परिपाटिको विकास कतिपय सहर बजारमा शुरु भइसकेको छ ।

आम युवा पुस्ताले यसको यसरी सुरुवात गरेका छन् कि मै हँु भन्नेहरु, म यहाँको रैथाने हुँ भनेर गर्व र घमण्ड गर्नेहरुलाई आजको युवा पुस्ताले गतिलो जवाफ दिन थालेका छन् । यसकारण पनि गत स्थानीय चुनावको जस्तै कतिपय स्थानमा यो पटक पनि मतदान गर्दा परिणामहरु नयाँ तरिकाले आउने आँकलन गरिएको छ । यतिबेला काठमाडौं क्षेत्र नं २ मा पनि यस्तै हुन सक्ने आँकलन गरिएको छ । क्षेत्र नं २ मा यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा उद्यमी व्यवसायी एवम् समाजसेवी कुन्तीदेवी पोख्रेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छिन् ।

उनले क्षेत्र नं २ को विकास तथा यहाँको स्थानीयस्तरमा गर्न सकिने कामहरुदेखि लिएर जहाँ जस्तो परिस्थिती छन्, सो स्थानमा सोही अनुसारको विकास गर्ने उनको लक्ष्य रहेको छ । क्षेत्र नं २ मा उनले धार्मिक पर्यटन, बाटोघाटोको समस्या रहेका स्थानमा बाटोघाटो, खानेपानीका समस्या रहेका स्थानमा खानेपानी, फोहोर मैला रहेका स्थानमा फोहोरमैलाको व्यवस्थापन जस्ता विषयमा प्रखररुपमा आफ्ना मुद्दाहरु समाजमा दिइरहेकी छिन् ।

उनले ससंदमा काठमाडौंै क्षेत्र नं २ मा विकासका कामहरु गर्दा कहाँ–कहाँ भ्रष्टाचार भएको त्यसको छानविन गराएर भ्रष्टचार गर्नेहरुको भण्डाफेर गरेर कारबाही दायरामा ल्याउने प्रतिवद्धता गरेकी छिन् । काठमाडौंैको मुलपानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा काठमाडौ क्षेत्र नं २ लगायत नेपालका विभिन्न स्थानमा विकास निर्माण गर्दा भएका भ्रष्टचारहरुको बारेमा एक–एक गरी फाइल खोलेर त्यसको भण्डाफोर गर्ने उनले बताएकी छिन् ।

उनले बनाएको सुची यस्ता छन् :
उनले भनिन्, ‘एकपटक मलाई जिताउनुस म भष्ट्राचार गर्नेहरुको निम्न अनुसार भडाफोर गर्ने छु ।’
१ अहिलेसम्म नेपाल अधिराज्य भर सङघीय सरकार सुरु भए पश्चात् विनियोजन बजेट तथा कार्यक्रमहरुको विवरण आमजनता माझ पेश गर्ने,
२ काठमाडौंै क्षेत्र नं २ मा सङघीय सरकारको विनियोजन बजेट र सो बजेटको उपयोगिता र खर्च विवरण साथै द्रुत गतिमा विकास हुन नसक्नुका कारणहरु आम मतदातामा पेश गरी सो को निराकरण गर्ने ।
३ संघीय सरकारले शिक्षामा विनियोजन गरेको बजेट तथा कार्यक्रमहरु प्रयाप्त छन् त ? शिक्षालाई किन गुणस्तरीय बनाउन सकिएन ? के सबैले निःशुल्क शिक्षा जस्था विषयमा छानविन गरी त्यहाँ के÷कस्ता विषयमा भ्रष्टाचार भइरहेका भन्ने विषयमा सत्यतथ्य छानविन गर्ने ।
४ बेरोजगारको समस्या किन भइरहेको छ सरकारको स्वरोजगार नीति तथा कार्यक्रम के कसरी चलाइरहेको छ ? यस क्षेत्रमा के कस्ता काम भए र सोसंग सम्वन्धित विषमया के÷कति घोटाला भएको छ भन्ने विषयको भण्डाफोर गर्ने ।
५ युवा स्वरोजगार कार्यक्रमभित्र के–के भए त्यो कार्यक्रम कसरी सञ्चालन भएको छ भन्ने विषयमा छानविन गर्ने ।
६ स्वास्थ क्षेत्रमा भएको खर्च र सोसँग सम्वन्धित विषयमा हालसम्म कहा कति खर्च भएको छ र सरकारी अस्पतालको दुराअवस्था किन भएको छ भन्ने विषयमा जानकारी ।
७ खानेपानी तथा सरफाइमा छुट्ट्याइएको बजेट तथा यस क्षेत्रको दीगो समस्या समाधान किन भएन र यस क्षेत्रमा के÷कति खर्च भएको छ भन्ने विषयमा जानकारी ।
८. भौतिक पूर्वाधार जस्ता विकासकोे खर्च तथा अन्य विषयमा के÷कति खर्च भएको छ भन्ने बारेको विस्तृत रिपोर्ट ।
१० यस क्षेत्रको पर्यटन, कृषि, उद्योग खेलकुद तथा धार्मिक क्षेत्रमा के÷कति काम भएको छ, त्यसमा के÷कति आर्थिक घोटाला भएको छ भन्ने विषयमा उनले विभिन्न तरिकाले अनुसन्धान गरी प्रतिबेदन तयार पारेर भेटिएका विभिन्न प्रमाणहरुको आधारमा भण्डाफोर गर्ने बताएकी छिन् ।

११ यस क्षेत्रमा कम्तीमा ४ वटा मन्त्रालयहरु स्थापन गरी काठमाडौंैको ट्राफिक समस्याको केही हदसम्म न्यूनिकरण गर्ने । यतिबेला काठमाडौंमा ट्राफिक जामका कारण पनि यहाँ प्रायः सबै सरकारी एकै ठाउँमा हुनु हो । यदि यहाँका केही सरकारी कार्यालयहरुलाई क्षेत्र नं २ मा सार्ने हो भने काठमाडौमा हुने सवारी जाम घट्न सक्छ र क्षेत्र नं २ को विकासलाई समेत त्यसले योगदान पुग्ने छ । यस क्षेत्रमा पर्याप्त मात्रामा खाली जग्गा रहको कारणले पनि यहाँका मानिसहरुको आर्थिक विकासका लागि मैले चारवटा नेपाल सरकारका मन्त्रालय सो क्षेत्रमा सार्नुपर्ने सोच बनाएकी हुँ ।

१२ सरकारको नीति तथा कार्यक्रम अनुुसार किसानले पाउने अनुदान कार्यक्रम के÷कसरी चलिरहेको छ सो को भण्डाफोर गर्ने ।

यसरी आफू यस क्षेत्रबाट निर्वाचित भएपश्चात् ‘नष्ट हुन्छौ तर भ्रष्ट हुँदैनौ’ भन्ने हाम्रो पार्टीको मुख्य नारालाई चरितार्थ गर्दै हामी अगाडि बढ्ने छौ,’ उनले आश्वस्त पारिन् । उनले भनेकी छिन्, ‘मैले अवश्य नै जित्ने छु, आमजनताको मायाँको जगमा