सावित्री बस्नेत

सावित्री बस्नेत जीएनएन नेपालकी संवादाता हुन् ।

Email: sabitri.basnet@lp4y.org

सावित्री बस्नेतका लेखहरु

“यो त केवल ट्रेलर मात्रै हो ! कोरोनाको उछाल आउनै बाँकी छ ।” (भिडिओसहित)

काठमाडौँ । पछिल्लो समय कोरोनाको महामारीका कारण देशमा भयावह स्थिति सिर्जना हुँदै छ । दिन प्रतिदिन कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भैरहेको छ । आज शनिवार मात्रै पनि २६ सय बढीमा कोरोना देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । भने हिजो र अस्ति लगातार २३ सय र २४ सयकै हाराहारीमा कोरोना…

“कोरोना सङ्क्रमण भैसकेपछिका ती अठार दिन जसले व्यक्ति कहाँ जाने निर्धारण गर्छ “

काठमाडौँ । स्वास्थ्यविद्हरुले सयौँ पटक कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न भनेका भएपनि हाम्रा सडक भिड देखिन्छन्। सामाजिक दुरी ठुलै व्यक्तिबाट पनि पालना गरिएको छैन । सवारीसाधनमा मानिसहरू कोचिएका हुन्छन् ।  देशमा २५ सयलाई कोरोना देखिदा पनि हामीले सावधान हुन आवश्यक ठानेका छैन । दरो हेलचेक्र्याइँ गरिरहेका छौँ । यो…

ओली-नेपालबिचको वार्ता अझै मिलेन : कुरो कहाँ अड्कियो ?

काठमाडौँ । करिब अपराह्न ३:२० बजे, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी ओली र माधव नेपाल मेरियट होटलको झ्यालबाट बाहिरको खुला आकाशलाई नियाल्दै गरेको तस्विर सामाजिक संजालमा पोस्टाए । उक्त तस्बिरमा भर्खरै पानी थामिएर घमाइलो बनेको राजधानीलाई  बढो रोमान्चक ढङ्गबाट ओली-नेपालले नियालिरहेका देखिन्थे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

‘जति धेरै पीसीआर परीक्षण उति धेरै सङ्क्रमित’

काठमाडौँ । स्वास्थ्यमन्त्री  हृदयेश त्रिपाठीले मङ्गलवार (हिजो)  भनेका थिए कोरोनाकै कारण विगतमा देश र जनताले  ठुलो क्षति व्योहोरी सकेका छन् अब सरकारले कदापि लकडाउन गर्ने  छैन । कोरोनाको दोस्रो लहर आए पनि नागरिकले चाहेमा त्यसलाई सजिलै अपदस्त गर्ने सक्ने उनको भनाई थियो । उनले स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना  गर्न…

जनस्वास्थ्य मापदण्ड – प्रधानमन्त्रीले त पालना गरेनन् ! जनता झन् के कम ?

अहिले स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्य विज्ञहरू चिच्याई चिच्याई भनिरहेका छन्, 'कोरोनाको दोस्रो लहर आइसक्यो।' कोरोनाको नयाँ भेरियन्टले इन्ट्रि मारिसक्यो । सरकार र जनता दुवैले सतर्कता अपनाउन जरुरी छ । तर अटेर गर्ने  नेपालीहरूको आम प्रचलन जस्तै हो । किनकि जुन उद्देश्यले हिजो सरकारले कोभिडको नयाँ मापदण्ड तोकेको थियो त्यसलाई  पालना गर्ने…

कोरोना महामारी : स्वास्थ्य मापदण्ड पालना नगरे घाटा कसलाई – हामी जनतालाई !

एकै छिन सोच्नुस् त ! नेपालमा पनि लाखौँको सङ्ख्यामा कोरोना सङ्क्रमित हुँदै गए भनेहाम्रो देशको हालत के होला ? हाम्रो देशका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर, आइसियूको कमी भए के होला ? अस्पतालका डाक्टरहरु आफैं सङ्क्रमित भए अन्य बिरामी कस्ले जाँच गर्ला ?  के नेपालको स्वास्थ्य प्रणालीले संक्रमितको भार थेग्न सक्ला ? अझ त्यसमाथि पनि कोरोनाको नयाँ भेरियन्टले बालबालीकालाई च्याप्दा उनिहरुको हालत के होला ? पक्कै पनि यो कुरा…

डरलाग्दो बन्दै नेपालमा कोरोनाको दोस्रो लहर, बालबालिकालाई जोगाउनुस् !

काठमाडौँ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि त्यहाँ रोजगार गर्न गएका नेपालीहरू पनि धमाधम फर्किरहेको नेपालगन्जस्थित जमुना नाकाको रेकर्डले देखाएको छ । भारतको मुम्बई, दिल्ली, महाराष्ट्र जस्ता क्षेत्रमा प्रशस्त कोरोना सङ्क्रमित थपिँदै छन् । तीनै ठाउँमा नेपाली नागरिकहरू पनि कामका लागी गएका छन्  । तर कोरोनाको दोस्रो लहरले च्यापे लगत्तै…

भारतमा कोरोनाको सनसनी, नेपालको छैन कुनै तयारी

काठमाडौँ ।  छिमेकी देश भारतमा कोरोना विकराल रूपमा हाबी हुँदै गइरहेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ  १५ सय भन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भने कोरोना संक्रमित हुनेको सङ्ख्यामा पनि ह्वात्तै वृद्धि भएको छ । गएको २४ घण्टामा मात्रै त्यहाँ २ लाख ६१…

हावाहुरीसहित वर्षा भएपनि किन कम भएन वायु प्रदूषण ?

काठमाडौँ । बिहीबार देखि शनिवार (आजसम्म) राजधानी लगायत देशको विभिन्न भागमा भीषण वर्षा भए पनि वायु प्रदूषणले भने घट्ने नाम लिइरहेको छैन । शुक्रवार काठमाडौँमा असिनाका साथै ठुलो पानी परेको थियो भने आज पनि विशाल हावाहुरीका साथै मसिनो वर्षा पनि भएको छ । यस्ता वर्षाले देशभर लागेको डढेलो नियन्त्रण भए…

वायु प्रदुषण – यहि सरकारले गरेर त होनि !

हामी सामान्यतया आफ्नो घर र भ्याएसम्म आँगनसम्म मात्रै बढार्छौ । कसैले देखेको छैन भने घर बढारेर निस्केको धुलो फुत्त गल्लीमा वा छिमेकीको करेसाबारीतिर मिल्काइदिन्छौ । सफा ठाउँमा पनि पिच्च ठाउँमा थुकिदिन्छौँ । प्लास्टिक जथाभाबी फाल्दिन्छौ । घरमा धेरै फोहोर थुप्रियो भने भएसम्म नजिकैको खोलानाला नभए राती नै उठेर चोकमा थपक्क…

पशुपतिमा महाशिवरात्री : ‘भारतदेखि शिव पार्वतीको जन्ती आएका नागाबाबाहरु’

सविताले भने माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतुरोको फुल, चामल आदि हालेर ‘शिव लिङ्ग’मा अर्पण गरिसकेको र अब राती होटेलमा पुगेर जागरण बसेर शिव पुराणको पाठ र कथा सुन्ने कार्यक्रम रहेको पनि बताइन् । उनले भनिन्, बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत सकिन्छ ।

विश्व राजनीतिमा महिला सहभागिता, यत्ति कमजोर !

काठमाडौँ । आज मार्च आठ अर्थात् अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । आज महिलाको दिन, उसले सुख पाउनु पर्ने दिन ।  आजको दिनको मुख्य उद्देश्य भनेको विश्वभर रहेका महिलाको हित र अधिकारलाई सशक्तीकरण गर्नु हो । ताकि विश्वमा महिलाको पहुँच पनि पुरुष सरह होस् । महिला घरमा मात्रै सीमित नहुन् र…

सन् १९५० नेपाल भारत सन्धि : ‘ओरिजिनल कपी’ लन्डनमा, खोजी कसले गर्ने ?

सन् १९५० को सन्धि नेपालमा सबैभन्दा कम बुझिएको र सबैभन्दा धेरै राजनीति गरिएको विषय हो । यो विषयमा हत्तपत्त कोही मुख खोल्न चाहँदैनन् । नेपालमा राजा देखी संसदीय दलसम्मको व्यवस्था भयो तर सन्धिले गर्दा गुमेको नेपालको स्वाभिमान भने कसैले फिर्ता लेराउन सकेनन् ।

‘मान्छेहरु चिल्ला बाटो खोज्दै साधन गुडाउँछन्, हामी अप्ठ्यारो बाटो खोज्दैं बाइक कुदाउँछौं’

चरा उडे जसरी बाइक कुदाउँदा जोखिम पनि पक्कै हुन्छ , तर त्यहि जोखिमले दिएको स-साना खुसीहरू चुट्की सरह नै भए पनि सन्तुष्ट मिलेको पासाङको अनुभव छ ।

‘अदालतको यो फैसला सुनेर अन्तर्राष्ट्रिय समुदाय छक्क पर्छन्’

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना भएको आज पाँच दिन टेकेको छ । सबैजसो संवैधानिक निकायमा प्रधानमन्त्रीका मन पर्ने पात्र र सर्वोच्च अदालतसँगको सेटिङ जस्ता कुराहरूको हल्लाखल्ला गुन्जिरहँदा एक्कासि संसद् पुनर्स्थापना भैदिदाँ जोकसैले पनि अदालतप्रति नमन व्यक्त गर्दै आएका छन् । कयौँ वरिष्ठ अधिवक्ताहरू अदालतको यो फैसला विश्वको लागी उदाहरण बनेको तर्क…

प्रचण्डको भारत भक्तिले ‘अनकम्फर्टेबल’ जनता

काठमाडौँ । संसद् पुन:स्थापना पछि सबैभन्दा खुसी र गर्भान्वित महसुस गर्ने व्यक्तिहरू मध्ये पुष्प कमल दाहाल 'प्रचण्ड' शीर्ष स्थानमा पर्छन् । संसद्को विघटन भएकै दिन देखी पुन स्थापनाका लागी सदनबाट सडक ओर्लिएका प्रचण्ड अदालतको फैसला पछि भुँइमा खुट्टो राखेको छैनन् भन्ने टिप्पणी ओली समूहका नेताहरूले गरिरहेका छन् । संसद्को पुनस्थापनासंगै…

प्रचण्ड-नेपाल, देउवा : अब ‘सत्ता किङ’ को ?

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको तानशाहि कदमलाई उल्टाउँदै आफ्नो स्वतन्त्रताको प्रयोग गरेर संसद्लाई ब्युँताएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले संसद् विघटनलाई बदर गर्दै संसद् पुनर्स्थापनाको निर्णय गरेको हो। सर्वोच्चले १३ दिनभित्र संसद्को पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश समेत दिएको छ । संयोग पनि…

गरिब राष्ट्रलाई कोरोना खोप कहिले ? धनि राष्ट्रले लगाइसकेपछि मात्रै!

काठमाडौँ । कयौँ शताब्दि पछि विश्व एकैसाथ लडाई लड्दै छ । कोरोना भाइरसको लडाई ।  चीनबाट विकसित भएको कोभिड -१९ को अदृश्य भाइरसले विश्वलाई सङ्क्रमित मात्रै गरेन  आपसी सहयोग र भाइचाराको पाठ पनि सिकायो । रोगले धनि र गरिब छुट्याउँदैन भन्ने प्रस्ट पारिदियो ।  कोभिड -१९ ले ज्यादातर धनि राष्ट्रहरु नै…

प्रतिनिधि सभा विघटन मुद्दा : अदालतले सदर वा बदर गर्दा के हुन्छ ?

काठमाडौँँ। नेपालीको वर्तमान राजनीतिमा सबैभन्दा चर्चामा रहेको विषय हो - प्रतिनिधिसभा विघटन । गत पुस पाँचमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले दुई तिहाई मत प्राप्त भइ खडा भएको प्रतिनिधिमण्डल भंंग गरेपछी सडकदेखि सदनसम्म, चियापसलदेखी अदालतसम्म यहि विषयको गुणगान गाइँदै छ । संंविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री…